१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड–१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । बुधबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यस्तो बताएका हुन् ।
उनले गरीब मुलुकहरुको लागि अन्तर्राष्ट्रिय मानवीय सहायताको रुपमा २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । कोरोना भाइरसको महामारी लगातार बढ्दै गएसँगै राष्ट्रसंघले यस्तो अपिल गरेको हो ।
गुथ्रेसले यो भाइरस सम्पूर्ण मानव जातिको लागि जोखिम रहेकाले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । उनले यो भाइरसको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको बताए ।
अहिलेसम्म यो भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4