Comments Add Comment

हाजार्ड भन्छन् – रियल मड्रिडमा पहिलो सिजन खराब रह्यो

काठमाडौं । एडेन हाजार्ड रियल मड्रिडमा आफ्नो पहिलो सिजन रहेको तर सबै खराब नभएको बताएका छन् ।

हाजार्ड सिजनको सुरुवातमा इंग्लिस क्लब चेल्सीबाट स्पानिस क्लब रियल मड्रिड गएका थिए ।

रियल मड्रिडमा पहिलो सिजन संघर्ष गर्नुपर्ने पनि हाजार्डले रियलमा आफ्नो सफलता अर्को सिजन मात्र विश्लेषण गर्नुपर्ने बताएका हुन् ।

उनी गत समरमा एक सय मिलियन युरोमा चेल्सीबाट रियल गएका थिए । तर इन्जुरीका कारण उनले बर्नाबेउमा आफ्नो प्रभाव देखाउन संघर्ष गर्नुपरेको हो ।

हाजार्डले सबैखाले प्रतियोगितामा गरेर जम्मा १५ खेल खेल्दा १ गोल मात्र गरेका छन् भने ५ असिस्ट गरेका छन् । यसले पनि उनी आफ्नो बेस्ट फर्ममा नभएको देखाएको छ ।

तर २९ वर्षीय हाजार्ले दोस्रो सिजनमा आफ्नो प्रभाव देखाउन तयार रहेको र त्यसपछि सफलताको निर्णय हुने बताए । रियलमा मेरो पहिलो सिजन खराब रह्यो ।तर सबै कुरा खारब भएको छैन । हाजार्डले आरटीबिएफसँग भनेका छन् । यो घुलमिल हुने सिजन हो । दोस्रो सिजनमा मेरो जज हुनेछ । अर्को वर्ष राम्रो गर्ने विषय म मै निर्भर रहनेछ ।

उनले समूह राम्रो रहेको र नयाँ मानिस भेटेको भन्दै राम्रो अनुभव भएको बताए । मेरो अझै चार वर्ष सम्झौ बाँकी छ । आशा छ राम्रो सेपमा हुनेछु ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण हाजार्ड पनि स्पेनको मड्रिडस्थित घरमा आइसोलेसनमा छन् । कोरोनाबाट धेरै प्रभावित हुने देशमा स्पेन पनि पर्छ । स्पेनमा मात्र कोरोनाको ५० हजार संक्रमण दखिएको छ भने साढे ३ हजारको मृत्यु भइसकेको छ ।

हाजार्डले कोरोनाबाट आफू पनि केही डराएको र यसबाट सतर्क हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment