Comments Add Comment

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन मानवअधिकार आयोगको आग्रह

१३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।

यस्तै, उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तीनका परिवारहरूको स्वास्थ्य सुरक्षा सुनिश्चत गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ ।

मानवीय व्यवहार गर्न माग

आयोगले लकडाउन उल्लंघन नगर्न आव्हान गरेको छ । सरकारले कोरोना (कोभिड-१९) भाइरसलाई लक्षित गरेर लकडाउन गरेको तेस्रो दिन आयोगले यस्तो आग्रह गरेको हो ।

‘सरकारले गरेको लकडाउनको सबै नागरिकले पूर्ण पालन गरी घरभित्रै रहन र त्यसको अवज्ञा नगर्न आमनागरिकलाई आव्हान गर्दछौं’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

अवज्ञा गर्नेलाई मानवोचित व्यवहार र कानून बमोजिम कारवाही गर्नुपर्ने आयोगको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment