Comments Add Comment

कोरोनासँग जलवायु परिवर्तनको सम्बन्ध, कसले निम्त्यायो यो संकट ?

जलवायु परिवर्तनको कारणले हिमनदीहरु पग्लिँदैछन् । तर, हामीले कहिलै सोच्दैनौं कि यो बरफ भित्र कस्तो भाइरसका जीवाणुहरु लुकेका हुन्छन् ? एक अनुमान छ कि सदियौंदेखि जमेको यस बरफ भित्र कैयौं किसिमको हानिकारक भाइरसहरु हुनसक्छन् । अहिले देखिएको कोरोना लगायतको भाइरसहरु समेत यस्तै किसिमका पुराना भाइरसहरु हुनसक्ने समेत एक अन्तराष्ट्रिय अध्ययाले देखाएको छ ।

हिमनदीमा कस्तो प्रकारको भाइरस छ वा जीवाणु लुकेका हुनसक्छन् ? एउटा अनुमान के पनि गरिएको छ भने सदियौंदेखि जमेर बसेका यी बरफहरुमा कैयौं किसिमका भाइरसहरुको समेत प्रयोग हुने गरेको हुनसक्छ । ‘द नेचर जर्नल’ मा प्रकाशित एक रिपोर्ट अनुसार यो भाइरस आफैंमा एक किसिमको प्राणघातक भाइरस हुनसक्छ जुन लामो समयदेखि बरफमा जमेर बसेको हुन्छ ।

आफ्नैलागि खतरा बढाइरहेका छौं हामी

अलिकति ध्यान दिएर हेर्ने हो भने यस्तै बरफको बीचमा रहेका शक्तिशाली भाइरसहरुको कारण हामीहरु अहिले कोरोना भाइरसको सामना गरिरहेका त छैनौं भन्ने पनि वैज्ञानिकहरुको आशंका छ । त्यस्तै, अझै धेरै भाइरसहरुको हामीले सामना गर्दैनौं भन्न सकिने अवस्था छैन ।

यस्तो परिस्थितीमा हामी आफूले आफैंलाई जलवायु परिवर्तनमा जिम्मेवार बनेर संकटतर्फ धकेलिरहेका छौं । यदि जलवायु परिवर्तन यसरी नै बढ्दै गयो भने हामी छिट्टै यस्तो अवस्थाको सामना गर्न बाध्य हुने निश्चित छ । जुन अहिलेभन्दा भयानक हुनसक्छ ।

कोरोनाबाट सिक्नु पर्ने ज्ञान

हामी हाल कोरोना भाइरसबाट पीडित छौं । जुनको संक्रमण कहाँबाट भयो भन्नेमा नै अझै यकीन भइसकेको छैन । चमेरोको सुप पिएका कारण यस्तो भएको भन्ने पनि अनुमान गरिएको छ । यसैलाई यसको कारण मानिएको छ ।

यद्यपि यसका बारे समेत यकीन कुरा गर्ने आधार भने रहेको छैन । तर, सार्स र कोरोना भाइरस दुबै चमेरोबाट सरेको हुनसक्ने अनुमानलाई अर्को तथ्य पत्ता नलागेसम्म अनुमान गर्ने गरिएको छ।

यसलाई किन भनिन्छ विशाल भाइरस

अब अर्को प्रश्न दिमागमा आउन सक्छ कि किन यी भाइरसहरुलाई विशाल भाइरसको रुपमा मानिन्छ । यो कसरी अरु भाइरसभन्दा फरक छ ? वास्तवमा, हामी सबैलाई थाहा छ कि धेरै जसो भाइरसहरूको आकार धेरै सानो हुन्छ र त्यहाँ केही जीनहरू हुन्छन् ।

तर, विशाल भाइरसहरु ब्याक्टेरिया जत्तिकै ठूलो हुनसक्छ । यद्यपि यी भाइरसहरू वा ब्याक्टेरियाहरू हेर्न हामीलाई माइक्रोस्कोप चाहिन्छ ।

भाइरस र ब्याक्टेरियाको आकार

ब्याक्टेरियाको साइज यति सानो हुन्छ कि हामी ब्याक्टेरिया माइक्रोस्कोपको सहायता बिना देख्न सक्दैनौं । तर, सामान्यतया भाइरसको साइज ब्याक्टेरियाभन्दा पनि निकै सानो हुन्छ । तर, जायन्ट भाइरस ब्याक्टेरियाभन्दा ठूलो हुनसक्छ ।

साइबेरियामा भएको अनुसन्धान

२०१४ मा साइबेरियामा गरिएको एक अनुसन्धानमा, अन्वेषकहरूले पहिलो पटक एउटा विशाल भाइरसको बारेमा उल्लेख गरेका थिए । अर्कोवर्ष, २०१५ मा साइबेरियामा नै अर्को विशाल भाइरस देखियो । यी दुबै भाइरसमा ५०० भन्दा बढी जीनहरू भेटिएका थिए ।

जहाँकी अहिलेसम्म सबैभन्दा घातक मानिने भाइरसहरु मध्येको एक एचआइभी भाइरसमा जम्मा ९ वटा मात्रै जिनहरु हुने गर्छ ।

कहाँ भेटियो यस्तो विशाल भाइरस ?

अन्वेषकहरूले यी विशाल भाइरसहरूलाई हजारौं फिट गहिराईमा ३० हजार वर्ष पहिलेको हिम नदीमा भेट्टाएका थिए । जब अन्वेषकहरूले यी भाइरसहरूलाई अमिबाबाट एक्सपोज गर्दा तुरुन्तै यसले अविमालाई इन्फेक्ट गर्यो । यसबाट पनि अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि यी भाइरसहरू अझै जीवित छन् ।

विशाल भाइरसहरुको क्षमता

यी विशाल भाइरसको बारेमा अर्को चिन्ताजनक कुरा यो हो कि यी भाइरसहरू आनुवंशिक रूपमा मात्र ठुला हुँदैनन् । तर, लामो समयसम्म वातावरणमा बाँच्ने क्षमता पनि राख्छन् ।

यी प्रमुख कारणहरू हुन् जसले सुझाव दिन्छ कि मानव जीवनमा यी भाइरसहरूको आगमन धेरै घातक हुनसक्छ । यी भाइरसहरुको कारण केवल जलवायु परिवर्तन मात्रै होइन ।

खानीको उत्खनन्, तेल ड्रिलिंग अर्थात् भूमिबाट तेल निकाल्नु पनि द्रुत रुपमा हिमनदी पग्लनुको प्रमुख कारणहरु हुन् । यस कारणले, द्रुत पग्लने बरफको कारण हाम्रो विश्वमा विशाल भाइरसको आगमनको सम्भावना बढ्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment