Comments Add Comment

धनुषा बम विष्फोटका आरोपी गंगा मण्डल पक्राउ

१३ चैत, जनकपुरधाम । साढे तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी गराइएको बिष्फोटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर ३ तेजनगर निवासी गंगा मण्डल खत्बे रहेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

गत २७ मंसीरमा राजेश साहको घरमा बम बिष्फोट हुँदा उनीसहित उनका छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।

उक्त बिष्फोटमा संलग्न रहेको भन्दै प्रहरीले हालसम्म ८ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment