Comments Add Comment

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार पुग्यो

भाइरसको नाम वुहान बनाउने प्रयास असफल

१३ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो ।

भाइरसको नाम वुहान बनाउने प्रयास असफल

यसैबीच, अमेरिकाको ‘कोरोना भाइरस’को नाम परिवर्तन गरी ‘वुहान भाइरस’ बनाउने प्रयास गरेको छ । अमेरिकाको यस्तो प्रयास जी ७ राष्ट्रहरुको बैठकबाट भने असफल भएको छ ।

अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोभिड-१९ विरुद्ध जी ७ राष्ट्रका विदेशमन्त्रीबीच भिडियोमार्फत बुधबार भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी योजना थियो ।

तर, अमेरिकी विदेश मन्त्रालयले संयुक्त विज्ञप्तिको मस्यौदामा कोरोना भइरसको सट्टा ‘वुहान भाइरस’ शब्द लेखेको थियो ।
अमेरिका बाहेकका अन्य देशका विदेश मन्त्रालयहरु ‘वुहान भाइरस’ लेख्न सहमत भएनन् । र, कोरोना भाइरसको नाम वुहान बनाउने अमेरिकी प्रयास असफल भयो ।

जी ७ राष्ट्रमा बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment