
पर्यटक लिएर उडेको कतार एयरलाइन्सको विमान । तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
१४ चैत, काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ ।
जर्मन सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिक उद्धारका लागि चार्टर्ड गरेको विमान शुक्रबार विहान काठमाडौंबाट उडेको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । जहाजमा झण्डै ९० प्रतिशत जर्मन नागरिक रहेका छन् । त्यस्तै फिनल्याण्ड, अष्ट्रिया, चेक गणतन्त्र, डेनमार्क र बेलायतका नागरिक पनि रहेका जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।
हेर्नुहोस् थप तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4