१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता जगदिश खरेलले महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने जानकारी दिएका हुन् ।
उनका अनुसार महामन्त्री आचार्य नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जाने भएको हो । प्रवक्ता खरेलले भ्रमणको मिति भने खुलाएनन् ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रण आएको छ,’ प्रवक्ता खरेलले भने, ‘त्यो निमन्त्रणामा हाम्रो पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीनको भ्रमण गर्ने भएको छ ।’
प्रतिक्रिया 4