Comments Add Comment

कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत

१४ चैत, बुटवल । कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ कि ती बालिका छिमेकी युवकबाटै बलात्कृत भएकी हुन् ।

राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् ।

स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धारगरेका थिए । बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ ।

युवक भने फरार भएका छन् । बालिकाको बुबा रोजगारीका लागि भारतमा छन् भने घरमा उनी आमासँग बस्दै आएकी छन् ।

गाउँलेहरु पीडित बालिकासहित जिल्ला प्रहरी कार्यालय तौलिहवा पुगेका छन् । बलात्कृत बालिकाको घाउँजाँच तथा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले घटनाका आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment