Comments Add Comment

चीनमा विदेशी पर्यटकमाथि प्रतिबन्ध

१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) मुलुकमा बढ्न नदिन चीनले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उनीहरुसँग भिसा वा बसोबासको अनुमति भएपनि अस्थायी रुपमा उनीहरुलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

चीनले स्थानीय र विदेशी एयरलाइन्समाथि पनि सातामा एउटा मात्र उडान भर्ने अनुमति दिएको छ । साथै उडानमा ७५ प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउने बताइएको छ ।

बीबीसीका अनुसार चीनभन्दा बाहिरबाट आउने कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेसँगै यस्तो घोषणा गरिएको हो ।

शुक्रबार चीनले तीनदिनमा पहिलो पटक एक जना स्थानीयमा कोरोना भाइरसको संक्रमित फेला परेको बताएको छ । बिहीबार पनि चीनमा ५५ नयाँ संक्रमित पाइएका थिए । तर, उनीहरु मध्ये ५४ जना बाहिरबाट आएका मानिस थिए ।

चीनको प्रतिबन्धले कूटनीतिक अधिकारीलाई भने अवरोध नगर्ने जनाइएको छ । साथै, हवाई सेवामा काम गर्ने तथा आपतकालीन मानवीय आवश्यकताको क्षेत्रमा पनि छुट दिइनेछ ।

गत महिना चीनले विदेशबाट आउने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । चीनमा अहिलेसम्म ८१ हजार तीन सय ४० संक्रमित फेला परेका छन् । जसमध्ये तीन हजार दुई सय ९२ जनाको ज्यान गएको छ । अहिलेसम्म पुष्टि भएका पाँच सय ६५ संक्रमित बाहिरबाट संक्रमित भएर चीन आएका थिए ।

चीनमा भाइरस निस्किएको वुहानमा अप्रिल ८ देखि लकडाउन खोल्ने निर्णय गरिएको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment