Comments Add Comment

युटुबमा हेर्नुहोस् पूजा र आकाशको ‘पोई पर्‍यो काले’

सिंगो नेपाल विगत ४ दिनदेखि लकडाउनमा छ । मानिसहरुका लागि अहिले इन्टरनेट सबैभन्दा ठूलो साथी बनेको छ । युट्युब तथा अन्य माध्यमबाट चलचित्र तथा विभिन्न सिरियल हेरेर दिन बिताउनेहरुको संख्या पनि धेरै छ ।

यसैबीच, तिहारमा रिलिज भएको चलचित्र ‘पोई पर्‍यो काले’ युट्युबमा रिलिज गरिएको छ । शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्र कात्तिक ८ गतेबाट हलमा रिलिज भएको थियो । चलचित्रले सुखद् व्यापार पनि गरेको थियो ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, शोहित मानन्धरको साथमा नायिका पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

हलमा रिलिज भइसकेको नयाँ नेपाली चलचित्र युटुबमै रिलिज भएपछि दर्शकले खुशी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment