+
+

कोरोना संक्रमित युवतीसँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ   

रासस रासस
२०७६ चैत १५ गते ७:२९

१५ चैत, स्याङ्जा । कतारबाट आएकी कोरोना संक्रमित किशोरीसँगै आएका स्याङ्जा फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाव परीक्षणको नतिजाबाट उनीहरुमा काेरोना स‌ंक्रमण नभएको देखिएको छ ।

किशोरीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाव परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएको थियो । शुक्रबार उनीहरुको नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोरोना सङ्क्रमित युवतीसँगै आएका सोही जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?