+
+

सं‌कलित स्वाब लिन नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १०:२३

१५ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पश्चिममा विभिन्न जिल्लाबाट संकलित नमुना (स्वाब) लिन नेपाल एयरलाइन्सको विमान उपयोग गरिएको छ ।

नेपाल एयरलाइन्सको विमानले नमुना ओसारपसार गर्न  दिनमा एकपटक नेपालगञ्जबाट काठमाडौंसम्म  उडान गर्न थालेको छ ।आन्तरिक हवाई उडान ठप्प भएपछि केही दिनदेखि स्वाबको नमुना ल्याउन समस्या थियो ।

सुदूर तथा मध्यपश्चिम भेगमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमुना ल्याउन शनिबार नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज जाँदैछ । नेपाल एयरलाइन्सको वाइ १२ ई जहाज नेपालगञ्ज जान लागेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?