+
+

कुपण्डोलमा स्थानीयले छर्किए ‘डिसइन्फेक्सन स्प्रे’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते ११:३५

१५ चैत, काठमाडौं । सार्वजनिक स्थानमा काठमाडौं महानगरपालिकाले केही दिनयता डिसइन्फेक्सन स्प्रे छर्किरहेको छ । उता, ललितपुर महानगरपालिकाले भने यस विषयमा कुनै चासो दिएको छैन ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किन महानगरले वास्ता नगरेपछि ललितपुर कुपण्डोलका स्थानीय आफैँ यसमा तातेका छन् । ललितपुरको वडा नम्बर एक क्षेत्रमा स्थानीय ध्रुव तण्डुकारले व्यक्तिगत रुपमा डिसइन्फेक्सन स्प्रे छर्किए ।

उपभोक्ता अधिकार मञ्च, ललितपुरका अध्यक्ष समेत रहेका तण्डुकारले यस्तो बेलामा सरकारको मुख ताक्नुभन्दा पनि आफैँले केही गर्नुपर्ने भन्दै ट्यांकी बोकेर स्प्रे छर्न निस्किएको बताउँछन् ।

महानगरले पहल नगरेपछि महानगरीय प्रहरी प्रभाग पुल्चोकले स्प्रे छर्किदिन आग्रह गरेको समेत उनले सुनाए । ‘आज बिहानभरी गुसिंगाल लगायतका क्षेत्रमा छर्किएँ’ उनले भने, ‘पुल्चोकको प्रहरी कार्यालयमा पनि छर्किनु पर्नेछ, साँझ फेरि कुपण्डोलको अन्य क्षेत्रहरुमा छर्किन्छु ।’

तण्डुकार शुक्रबार काठमाडौं महानगरले औषधि किन्ने ठाउँ त्रिपुरेश्वर पुगे । व्यक्तिले किनेर छर्किन मिल्छ कि मिल्दैन भनेर तिनै पसलेसँग सोधे । उनकै सुझाव अनुसार आफैंले यसरी छर्किँदै हिँडेको उनले सुनाए ।

‘अल्का अस्पताल र काठमाडौं महानगरले पनि त्यहीँबाट औषधि लैजाने गरेका रहेछन् । मैले मेरो कुरा राखेपछि त्यहाँको सरहरूले लैजानुस् भनेर तरिका पनि सिकाइदिनुभयो’ तण्डुकारले भने, ‘१४ लिटर पानीमा चार एमएल औषधि हाल्ने रहेछ, सोही अनुसार छर्किरहेको छु ।’ कुपण्डोलमा स्थानीय ताते पनि ललितपुर महानगरले भने अहिलेसम्म स्प्रे छर्किन सुरु गरेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?