+
+

सुरक्षित रही सन्देशमूलक सामग्री प्रवाह गरौं : पत्रकार महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १२:५२

१५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सघाउ पुग्ने खालका सचेतनामूलक सामग्री प्रवाह गर्न सबै सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघको ६५औं स्थापना दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै महासंघका अध्यक्ष आचार्यले आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग हुनुपर्ने बताए ।

स्थापना दिवसको अवसरमा  शनिबार एक विज्ञप्ति जारी गर्दै उनले स्थापना दिवसको दिनले हामीलाई आफ्नो कर्तव्य पथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गरेको बताए ।

नेपाली पत्रकारहरूको साझा संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघ भोलि आइतबारदेखि आफ्नो स्थापनाको ६५ औं वर्षमा प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?