Comments Add Comment

वीरगञ्ज महानगरले बाँड्यो विपन्न परिवारलाई खाद्यान्न

१५ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’  गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई वीरगञ्ज महानगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ ।

महानगरका प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ र १२ का २४९ घरपरिवारलाई शनिबार खाद्यान्न वितरण गरेका हुन् ।

मेयर सरावगीले प्रति परिवार अढाई किलो चामल, आलु, दाल, नुन, चाउचाउ लगायतका खाद्य सामग्री वितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment