+
+

गुल्मीमा ३०८ आइसोलेसन वेड, ३१ जना क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १८:०८

१५ चैत, गुल्मी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गुल्मी जिल्लाका ११ स्थानीय तहमा गरी ३०८ वेडको आइसोलेसन वार्ड बताइएको छ ।

गुल्मीमा १२ मध्ये गुल्मी दरबार गाउँपालिकाबाहेक सबै स्थानीय तहले आइसोलेसन वार्ड स्थापना गरेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

रुरुक्षेत्र गाउँपालिकामा २५, छत्रकोट गाउँपालिकामा ५, रेसुङ्गा नगरपालिकामा १६, सत्यवती गाउँपालिकामा ८, कालिगण्डकी गाउँपालिकामा १०६, चन्द्रकोट गाउँपालिकामा १६, मुसीकोट नगरपालिकामा ७६, इस्मा गाउँपालिकामा १८, धुर्कोट गाउँपालिकामा १०, मालिका गाउँपालिकामा २४ र मदाने गाउँपालिकामा ११ शय्याको आइसोलेसन वार्ड स्थापना भएको छ ।

३१ जना क्वारेन्टाइनमा

जिल्लामा वैदेशिक रोजगारीबाट फर्किएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

इस्मा गाउँपालिकामा ११, मालिका गाउँपालिकामा १०, धुर्कोट गाउँपालिकामा १० जना गरी ३१ जनालाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको हो । जिल्लाका सबै स्थानीय तहले बाहिरबाट आउनेहरुको विवरण संकलन गरिरहेका छन् ।

कोरोना भाइरस संक्रमणविरुद्ध सतर्कता अपनाउन जिल्लाका सबै १२ स्थानीय तहमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?