+
+

कोरोना भाइरसविरुद्ध लड्न मोदीद्वारा पीएम–केयर्स कोषको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १९:०६

१५ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् । शनिबार उनले जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड (पीएम–केयर्स)को घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले यो भाइरसको कारण ज्यान गुमाएका परिवारले यो भाइरसविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको कारण उनीहरुको इच्छाको सम्मान गर्दै यो कोष स्थापना गरिएको जानकारी दिए । यो अभियानले स्वस्थ भारत निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।

भारतमा कोरोना भाइरस कोभिड–१९ का कारण अहिलेसम्म २१ जनाको ज्यान गइसकेको छ भने नौ सयभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?