Comments Add Comment

गर्भवती महिलालाई खोटाङबाट हेलिकप्टरमा उद्दार

१५ चैत,काठमाडौं । लकडाउनका कारण मुलुक ठप्प भएका अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सिर्जना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडाौं ल्याएलगत्तै ती महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ ।

५ महिनाकी ती गर्भवती महिलालाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो । शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेकी शिशु र आमादुवैको जीवन रक्षाका लागि काठमाडौं रिफर गर्नु परेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिइन् ।

स्थानीय स्वास्थ्य केन्द्रले उपचार गर्न नसक्ने भएपछि खोटाङका प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा ती महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment