+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रदेश २ ले प्रादेशिक अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्ने

आकस्मिकबाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते २०:३९

१५ चैत, जनकपुरधाम । प्रदेश २ अन्तर्गत जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन फिवर (ज्वरो) क्लिनिक सञ्चालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ ।

विश्वव्यापी रुपमा कोभिड-१९ को संक्रमण बढ्न नदिन अस्पतालले आइतबारदेखि फिवर क्लिनिक सञ्चालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।

कोरोना रोकथामका निम्ति अस्पतालले सम्पूर्ण वार्डहरु मर्ज गर्दै केही सीमित वार्ड मात्र सञ्चालनमा ल्याएको उनले बताए ।

उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको व्यवस्थापन मिलाएको उनले बताए ।

जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनर्स्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारी, कार्यालय सहायक एवं स्वीपरहरुको रिजर्भ पुल निर्माण गर्दै ज्वरो क्लिनिक, आकस्मिक आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आईसियू सञ्चालन गरिनेछ ।

‘हामी फिवर क्लिनिकका निम्ति तयारी गरिसकेका छौं’ डा. यादवले भने, “त्यसका निम्ति थप उपकरणको माग गरेका छौं । आउने विश्वास छ ।”

डा. यादवले फिवर क्लिनिक सञ्चालन गर्दा धेरै भिडभाड नहोस् भन्नकै लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए । उनले देशभरिकै अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरी कोरोना रोकथामप्रति ध्यान दिएकाले यो अस्पतालले पनि सोही अनुसार कामलाई अगाडि बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?