Comments Add Comment

स्वास्थ्य सामग्री बोकेको जहाज चीनबाट काठमाडौं प्रस्थान

चिनियाँ राजदूतले भनिन्– परीक्षण किटहरु पनि छिट्टै नेपाल आउने छन्

सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले चन्दा स्वरुप नेपाललाई दिएका स्वास्थ्य सामग्री । तस्वीर : नेपालस्थित चिनियाँ दूतावास

१६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएका स्वास्थ्य सामग्री बोकेको जहाज ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको जानकारी दिएकी छन् ।

चीनको सिचुवान प्रान्त सरकार,  सिचुवान लगानी समूह र चिनियाँ दूतावासले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर विमान काठमाडौं प्रस्थान गरेको राजदूत होउको भनाइ छ  ।

राजदूत होउले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरु प्याक गरिएका कार्टुनका फोटा सेयर गर्दै त्यसमा आपतकालीन सामाग्रीहरू (पीपीई, थर्मोमिटरलगायत सामान) रहेको जानकारी दिएकी छन् ।

सोही जहाजबाट चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि काठमाडौं आउँदैछ । परीक्षण किटहरु पनि छिट्टै आइपुग्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

चीनबाट स्थलमार्ग हुँदै ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरु भने निर्यात गर्नेको सूचीमा नरहेको भन्दै तिब्बतमा रोकिएका छन् । ती सामग्रीलाई पनि अब हवाईजहाजबाट ल्याउन पहल गर्ने नेपाल सरकारका अधिकारीहरु बताउँछन् ।

सबै तस्वीर : नेपालस्थित चिनियाँ दूतावास 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment