+
+

चीनमा ४५ जना नयाँ संक्रमित भेटिए, थप पाँच जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते ८:३९

१६ चैत, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए ।

आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जनामा स्थानीयबाटै सरेको  हो ।

शनिबार चीनमा कोरोना भाइरस संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । मृतक सबै हुबेई प्रान्तको वुहान शहरका हुन् ।

गत डिसेम्बरको अन्तिम साता वुहान शहरबाटै कोरोना संक्रमण फैलिन सुरु गरेको थियो । चीनमा हालसम्म ३ हजार ३ सय जनाको मृत्यु कोरोना भाइरसकै कारण भएको छ । अझै ८१ हजार ४ सय ३९ जना संक्रमितको उपचार जारी छ ।

अहिले चीनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ जितिसकेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुहान शहरमा लगाइएका प्रतिबन्धहरु विस्तारै हटाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?