+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

विदेशबाट फर्किएकाको तथ्यांक संकलन गर्न नगरपालिका संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते ९:१८

१६ चैत, काठमाडौं । नेपाल नगरपालिका संघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट फर्किएका नेपाली नागरिकहरुको तथ्यांक संकलन गरी निर्धारित मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नगर प्रमुखहरुसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै विदेशबाट फर्किएका व्यक्तिहरुमा संक्रमणको लक्षण देखिएमा सुरक्षा विधिसहित तोकिएको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन समेत महानगर, उपमहानगर र नगरपालिकाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।

विषेशगरी, अन्यत्र मुलुकबाट नेपाल आएका मानिसहरुमा यस रोगको संक्रमण देखा परिरहेको परिप्रेक्षमा यस रोगको थप संक्रमणबाट जोगिन सजगता अपनाउनु आवश्यक रहेको संघले बताएको छ ।

एक महिना यतादेखि अन्यत्र मुलुकहरुबाट नेपाल फर्केका व्यक्तिहरुको विवरण संकलन गरी संघ, प्रदेश सरकार तथा नगरपालिका संघलाई उपलब्ध गराई सम्भावित महामारीको जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्न समेत संघले अनुरोध गरेको छ ।

विपन्न एवं दैनिक ज्यालादारीमा निर्भर परिवारको पहिचान गरी न्यूनतम राहत उपलब्ध गराउन समेत सबै स्थानीय तहलाई संघले आग्रह गरेको छ । संघले स्थानीय स्तरमा रहेका स्वास्थ संस्थाहरुमा आवश्यक स्वास्थ्य सामग्रीहरु सहज आपूर्तिको व्यवस्था मिलाउन समेत संघ र प्रदेश सरकारसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?