+
+

चिकित्सकको मानवीय भावना र साहसले मात्र महामारीलाई जितिन्छ : महामन्त्री कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते ११:१०

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला उच्च मनोबलका साथ काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

कुनैपनि चिकित्सक निश्चित भत्ताभन्दा मानवीय भावनाले बिरामीको उपचारमा अभिप्रेरित हुने भन्दै उनले चिकित्सकको मानवीय भावना, समर्पण र साहसले नै कोरोना भाइरसको महामारीबाट बाहिर निस्कन सक्ने बताएका छन् ।

कोइरालाले भनेका छन् ‘अत: म नेपालभरीका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपिल गर्दछु ।’

उनले स्वास्थ्यकर्मीका लागि अनिवार्य पीपीईको प्रवन्ध समयमै गर्न सरकारलाई आग्रह गरेका छन् । ‘यथाशीघ्र देशव्यापी रूपमा पीपीई पुर्‍याएर सम्भावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु’ कोइरालाले भनेका छन् ।

कोरोना भाइरस रोकथामका लागि यसको धेरैभन्दा धेरै परीक्षण हुनुपर्ने भन्दै उनले सातै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन ढिलाई नगर्न आग्रह गरेका छन् । नेपालमा कोरोना संक्रमित व्यक्ति घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं व्यक्तिगत साथी समूहको तत्काल परीक्षणको व्यवस्था मिलाउन पनि कोइरालाले आग्रह गरेका छन् ।

संक्रमणको आशंका हुनासाथ घरबाटै सावधानीपूर्वक परीक्षण केन्द्रमा पुर्‍याउने व्यवस्था गर्न पनि कोइरालाले सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?