Comments Add Comment

दिल्ली नछाड्न जनतासँग केजरीवालको अपिल 

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली नछाड्न आफ्ना जनतासँग अपिल गरेका छन् ।

दिल्लीमा रहेका जनता आ-आफ्नो गाउँ जाँदा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न सक्ने भन्दै उनले दिल्ली नछोड्न आग्रह गरेका हुन् ।

केजरीवालले भने, ‘दिल्ली छोडेर गाउँ जाँदा कोभिड-१९ को जोखिम झन् बढ्न सक्छ । त्यसैले तपाईंहरु गाउँ नजानुहोला । जहाँ हुनुहुन्छ त्यही ठाउँमा बस्नुहोला । किनभने तपाईंहरुको माध्यमबाट कोरोना भाइरस गाउँ अनि तपाईंको परिवारमा पनि सर्नसक्छ । देशको विभिन्न भागमा फैलिनसक्छ । यसले महामारीको रुप लियो भने देशलाई महामारीबाट बचाउन मुश्किल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment