Comments Add Comment

सिद्धार्थ बैंकद्वारा कोरोना भाइरसविरुद्ध हरेक प्रदेशलाई १० लाखको सहयोग

१६ चैत, काठमाडौं । कोरोना भाइरस कोभिड १९को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले रु ७० लाख सहयोग गरेको छ ।

कोरोनाभाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।
सिद्धार्थ बैंक लिमिटेडले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा रु १० लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।

देशमा यस्ता किसिमको संकट आएकेा बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपालीजनताको साथमा रहीआएकेा छ र बिभिन्नकिसिमका सहयोग गर्दै आइरहेको छ ।

नेपाल सरकारले अनुराध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ । बिश्वमा देखिएको यस बिषम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रबिधि मैत्री सुविधाको उपयोग गर्न ग्राहकहरु समक्ष आग्रह गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment