+
+

रोयल फर्मासिटिकल्सले दियो भरतपुर कोरोना अस्पताललाई औषधि

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १४:२२

१६ चैत, चितवन । रोयल फर्मासिटीकलले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहेको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो ।

रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशवप्रसाद लामिछानेले सो औषधि कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समितिका संयोजक तथा सांसद विजय सुवेदी र भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेका हुन् ।

प्रबन्ध निर्देशक लामिछानेले बजारमा अभाव रहेको औषधि कोरोना अस्पताललाई सहयोग गरिएको बताए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कोरोना विरुद्धको लडाइँ साझा अभियान भएकोले सबैले साथ दिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?