
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनको अवधि लम्ब्याउने भएको छ ।
आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन ।
बैठकमा सहभागी एक मन्त्रीले भने, ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल भएको छ, कति दिन भन्ने मन्त्रिपरिषदले निर्णय गर्छ ।’
मन्त्रिपरिषद बैठक आइतबार नै चार बजे बस्नेछ ।
यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4