Comments Add Comment

विश्वलाई अत्याएका १० भाइरस

संसारमा करिब तीन लाख २० हजार प्रकारका भाइरस छन्, जसले स्तनधारी प्राणीलाई संक्रमण गर्न सक्छन् ।

स्तरधारी अर्थात् जसले अण्डा नपारी बच्चा जन्माउँछन् । त्यस्ता केही भाइरसहरु जसले संसारभरीमा करिब डेढ करोड मानिसको ज्यान लिने गर्छन् । ती खतरनाक भाइरसहरु के–के हुन् भन्ने बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।

भाइरसहरुको गणना पृथ्वीमा सबैभन्दा पुरानो जीवहरुको रुपमा हुन्छ । यो हरेक ठाउँमा पाइन्छ  र जीवनका लागि खतरा पनि बन्नसक्छ । संसारमा त्यस्तो कुनै जीव छैन, जुन भाइरसको संक्रमणबाट बच्नसक्छ । त्यस्ता १० खतरनाक भाइरसहरु, जसले कोरोना भाइरसभन्दा अघि संसारमा महामारी मच्चाएको थियो ।

रोटा भाइरस

रोटा भाइरसलाई चाइल्ड किलर भाइरस पनि भनिन्छ । यसले संसारभरीमा हरेक वर्ष पाँच लाख बच्चाहरुको ज्यान लिइरहेको छ । यो भाइरसका कारण नवजात शिशु र छदेखि आठ वर्षसम्मका बच्चाहरुमा घातक पखाला लाग्छ । जसका कारण धेरै बच्चाहरुको ज्यान जान्छ ।

ठेउला (स्मल पक्स)

अन्य भाइरसहरुको तुलनामा ठेउलाले सबैभन्दा धेरै मानिसहरु (३० देखि ५० करोडको मृत्यु) को ज्यान लिइसकेको छ । किनभने यो भाइरसको आरओ R0( यसलाई R-naught  भनेर पनि पढिन्छ) अर्थात् रिप्रोडक्सन नम्बर ३.५ देखि ६ को बीचमा हुन्छ । यसको अर्थ यो भाइरसबाट संक्रमित एक व्यक्तिले तीनदेखि छ व्यक्तिसम्मलाई संक्रमण गर्नसक्छ । यो भाइरसका कारण मृत्युदर ९० प्रतिशतसम्म हुनसक्छ । तर, भ्याक्सिनको माध्यमबाट अहिले  यो भाइरसलाई निर्मूल पारिएको छ ।

मिजल्स

मिजल्सलाई नेपालीमा रुबेला नामले चिनिन्छ । यो भाइरसको कारणले पछिल्लो एक सय ५० वर्षमा २० करोड मानिसहरुको मृत्यु भइसकेको छ । पुरानो तथ्यांकको हिसाबले यो भाइरसबाट वर्षेनी करिब दुई लाख मानिसहरुको ज्यान जाने गर्थ्यो । तर, अहिले भ्याक्सिनको माध्यमले यस भाइरसलाई नियन्त्रणमा लिइएको छ। तर, रुबेलाबाट संक्रमित एक व्यक्तिले १२ देखि १८ व्यक्तिलाई संक्रमित गर्नसक्छ ।

डेंगु

डेंगु भाइरस लामखुट्टेको टोकाईबाट फैलने रोग हो । यो भाइरस संसारका एक सय १० देशहरुमा पाइएको छ । जसका कारण हरेक वर्ष यो भाइरसले १० करोड मानिसलाई संक्रमित गर्छ र २० हजार मानिसको मृत्यु हुनेगर्छ । गएको वर्षमा यसले नेपालमा पनि महामारी बढाएको थियो । यसका कारण धेरै मानिसले ज्यान पनि गुमाएका थिए । जुन मानिसहरुलाई यो भाइरसले दोस्रो पटक संक्रमित गर्छ,  त्यो मानिसको अवस्था गम्भीर हुन्छ ।

येल्लो फिभर (पहेँलो ज्वरो)

जब कुनै व्यक्तिमा येल्लो फिभर (पहेंलो ज्वरो) को स्थिति धेरै गम्भीर हुन्छ, उसको नाक, आँखा,मुख र पेटबाट रगत बग्न थाल्छ । जब यस रोगका कारण मानिस यो स्थितिमा पुग्छन्, तब ती बिरामीहरु मध्येबाट करिब ५० प्रतिशत व्यक्तिहरुको सातदेखि १० दिनभित्र मृत्यु हुनसक्छ । यो भाइरसले अहिले पनि संसारभरीमा दुई लाख मानिसहरुलाई संक्रमित गर्छ र करिब ३० हजार मानिसको यसैका कारणले ज्यान जान्छ ।

फ्लु

फ्लुको कारण संसारभरीमा हरेक वर्ष करिब पाँच लाख व्यक्तिको ज्यान जाने गरेको छ । सबैभन्दा खतरनाक फ्लु पेडामिक (पेडामिक त्यो रोगलाई भनिन्छ जसले संसारभरीको ठूलो संख्यालाई आफ्नो चपेटामा लिन्छ) मा स्पेनिस फ्लू पर्दछ । जसले पाँचदेखि १० करोड मानिसहरुको ज्यान लिएको थियो । यसलाई अहिलेसम्मको सबैभन्दा खतरनाक फ्लु पेडामिक मानिन्छ ।

रेबिज

रेबिजलाई पहिलेदेखि नै एउटा अति नै खतरनाक रोग मानिन्छ । रेबिजबाट ग्रस्त चमेरो अथवा कुकुरले टोक्यो भने अथवा ती जनावरले नङ गाडे भने रेबिज लाग्नसक्छ । यो रोगले संसारभरीमा हरेक वर्ष ६० हजार मानिसहरुको मृत्यु हुने गरेको छ । यीमध्ये अफ्रिका र एशियामा ठूलो संख्यामा यस रोगका कारण मानिसहरुले आफ्नो ज्यान गुमाएका छन् ।

हेपटाइटिस–बी

हेपाटाइटिस-बीका कारण हरेकवर्ष करिब सात लाख मानिसहरुले आफ्नो ज्यान गुमाउँछन् । वर्तमान समयमा यसलाई एउटा खतरनाक रोगहरुको रुपमा मान्ने गरिन्छ । यसको भाइरसले सबैभन्दा पहिला कलेजोमा हमला गर्छ । जसले कलेजोको क्यान्सर अथवा लिभर ड्यामेज हुन्छ । यो रोगका कारण जब लिभर ड्यामेज हुन्छ, त्यो कहिले पनि निको हुँदैन । त्यसलाई उपचारबाट ठिक पार्न सकिँदैन । हेपटाइटिस–बीका कारण संसारभरीमा हरेक वर्ष करिब तीन लाख मानिसहरुको मृत्यु हुन्छ ।

इबोला र मारबर्ग भाइरस आज संसारको सबैभन्दा खतरनाक भाइरसमा समावेश छन् । किनभने यी भाइरसहरुको अहिलेसम्म पनि पक्का उपचार र भ्याक्सिन पत्ता लागिसकेको छैन । जसका कारण यस भाइरसबाट हुने मृत्युदर ९० प्रतिशतसम्म हुन्छ । यी दुबै भाइरसको लक्षण करिब उस्तै हुन्छ । यस भाइरसबाट संक्रमित भएका व्यक्तिहरुलाई ह्यामरेजिक फिभर, अर्गन फेलियर जस्ता समस्याहरु हुन्छन् ।

एचआईभी (एड्स)

विशेषज्ञहरुका अनुसार वर्तमान समयमा संसारभरीका करिब चार करोड मानिसहरु एचआईभी (एड्स) बाट पीडित छन् । एउटा अनुमान अनुसार पछिल्लो ३० वर्षदेखि हरेक वर्ष करिब २० लाख मानिस यो रोगका कारण आफ्नो ज्यान गुमाइरहेका छन् । अहिलेसम्म करिब साढे दुई करोड मानिसहरुको यस रोगका कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment