+
+

रौतहटमा ८२ जना क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १९:४१

१६ चैत, रौतहट । रौतहटमा भारतलगायत अन्य मुलुकबाट फर्किएका ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड-१०) को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

बाह्य मुलुकबाट फर्किएका व्यक्तिहरुलाई परिवार र समाजबाट अलग गरी सुरक्षित तबरले क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको घिमिरेले बताए ।

रौतहटका विभिन्न स्थानीय तहले अलग-अलग स्थानमा २१ वटा भवनमा कुल पाँच सय १८ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा रहेका ८२ जनामध्ये एक जना महिला समेत रहेको प्रजिअ घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?