
१६ चैत, चितवन । चितवनको माडी नगरपालिकामा कोरोना भाइरसबारे भ्रम सिर्जना गरेर धर्म प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
‘येशुलाई विश्वास गर्नुस्, क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा प्रहरीले माडी नगरपालिका ७ जगन्नाथपुरी बस्ने ३८ बर्षकी जानकी ढुङगानालाई पक्राउ गरेको हो ।
उनले इसाइ धर्म मान्नेलाई कोरोनाले छुँदैन भन्दै अपवाह फैलाएको भनी स्थानीयले उजुरी गरेपछि पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
उनलाई आइतबार मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4