+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर तिर्ने म्याद पर सारियो, के-के भए राजश्व सम्बद्ध घोषणा ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते २२:१७

१६ चैत, काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई पर सारेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद बैशाख २५ गतेसम्मलाई सारेको हो ।

मूल्य अभिवृद्धि कर अन्तर्गत् गत फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वेमासिक तथा दोस्रो चौमासिक विवरण र त्यस बमोजिमको कर दाखिला गर्नुपर्ने कर आगामी साल बैशाख २५ गतेसम्मको लागि थप गरेको हो ।

यस्तै, आय कर अन्तर्गत् फागुनको मासिक तथा माघ र फागुनको द्वेमासिक विवरण अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण एवं विवरण बमोजिम कर बुझाउने म्याद बैशाख २५ सम्म दिइएको छ ।

यसैगरी, चैत मसान्तसम्म बुझाउनुपर्ने दोस्रो चौमासिक आय करको विवरण तथा त्यस बमोजिम गर्नुपर्ने कर दाखिलाको म्याद पनि बैशाख २५ सम्म पुर्‍याइएको छ।

केन्द्र सरकार तथा प्रदेश सरकारले बनाएको कोरोनाविरुद्धको रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमलाई खर्चमा गणना गर्न मिल्नेगरी त्यसमा कर नलाग्ने व्यवस्था पनि सरकारले गरेको छ । यस्तै, स्वास्थ्यसम्बन्धी उपकरण आयात गर्दा लाग्ने सबै भन्सार महसुलमा छुट दिने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?