+
+
Shares

कोरोना सतर्कता : अमेरिकामा निषेधात्मक उपाय ३० अप्रिलसम्म

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते ९:०१

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेपछि सामाजिक दूरी कायम गर्नेलगायतका उपायहरू अवलम्बन गरेको अमेरिकाले त्यसलाई आगामी अप्रिल ३० सम्म निरन्तरता दिने तयारी गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको निषेधात्मक उपायहरू कम्तीमा १ महिना लम्बिने बताएका छन् ।

ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउसीले लाखौं अमेरिकन कोरोना संक्रमणमा पर्ने र २ लाख बढीको ज्यान जाने चेतावनी दिएलगत्तै ट्रम्प थप सजग देखिएका हुन् ।

‘अबको दुई सातामा कोरोनाको मृत्युदर उच्च हुने सम्भावना छ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘त्यसैले हामीले रोकथामका उपाय अवलम्बन गर्ने तयारी गरेका छौं ।’

अमेरिकाले अपनाउने पछिल्लो सतर्कताले आउँदो जुनसम्म कोरोनाबाट मुलुक मुक्त हुने दाबी ट्रम्पको छ ।

गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोना भाइरस चीन र युरोपेली मुलुकपछि अमेरिकामा फैलँदो क्रममा छ । त्यहाँ हालसम्म १ लाख ३९ हजार ६ सय ७५ संक्रमित भेटिएका छन् । यो संख्या कोरोनाबाट अत्यधिक प्रभावित बनेका इटली र चीनको भन्दा पनि बढी हो । आइतबार साँझसम्म त्यहाँका २ हजार ४ सय ३६ कोरोना संक्रमितको ज्यान गइसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?