Comments Add Comment

कोरोनाका कारण टर्कीका पूर्वगोलकिपर रुस्तु अस्पताल भर्ना

काठमाडौं । बार्सिलोना तथा टर्कीका पूर्वगोलकिपर रुस्तु रिकबर कोरोना भाइरसको संक्रमणको कारण अस्पताल भर्ना भएका छन् । टर्कीका लागि सर्वाधिक खेल खेल्ने गोलकिपर रुस्तुलाई आइतबार स्वास्थ्यमा गम्भीर समस्या देखिएपछ अस्पताल भर्ना गरिएको हो ।

कोरोनाको संक्रमण अचानक देखिएको र त्यसको लक्षणहरु द्रुत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसील रिकबरले बताएकी छन् ।

रुस्तुले टर्कीका लागि १ सय २० खेल खेलेका छन् । टर्की सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म रुस्तु पनि टिमको सदस्य थिए । ४६ वर्षीय रुस्तोले बेसिकटासका लागि ५ वर्ष खेल्दै २०१२ मा सन्यास लिएका थिए । स्पानिस क्लब बार्सिलोनाले पनि ट्वीट गर्दै रुस्तोको स्वास्थ्य चाँडै निको होस् भनेर कामना गरेको छ ।

रुस्तुका दुई बच्चा र श्रीमतीलाई पनि कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment