
१७ चैत, काठमाडौं । पाकिस्तानका लेजेण्ड स्क्वास खेलाडी अजम खानको कोरोना भाइरसका कारण निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार लण्डनमा उपचारको क्रममा उनको निधन भएको हो । पछिल्लो साता कोरोना परीक्षणमा उनलाई पोजिटिभ देखिएको थियो । उनको इर्लिंग अस्पतालमा उपचार भइरहेको थियो ।
बजमले सन् १९५९ देखि १९६१ सम्म लगातार ब्रिटिश ओपनको उपाधि जितेका थिए । ९५ वर्षीय अजाम अर्को महान खेलाडी हाशिम खानका भाइ हुन् ।
अजम खानले सन् १९६२ मा घाइते भएपछि र १४ वर्षीय छोराको निधन भएपछि खेल जीवन छोडेका थिए । २ वर्षको उपचार पछि उनी फिट भएका थिए तर छोराको निधनलाई भुल्न नसकेको उनले त्यसपछि फेरि खेल शुरु गरेनन् ।
पाकिस्तानको पेशावरस्थित नवकिलेको सानो गाउँमा अजामको जन्म भएको थियो । जहाँबाट स्क्वासका वर्ल्ड च्याम्पियन जहानगिर र जनसेर खान जस्ता दाजुभाई उतपादन भएका थिए । अजाम १९५६ मा बेलायतमै बस्न थालेका थिए ।
अजमले महत्वपूर्ण हार्डबल टुर्नामेन्ट युएस ओपन जितेका थिए ।
प्रतिक्रिया 4