+
+

महंगो गाडी आयातमा प्रतिवन्ध लगाउने सरकारी निर्णयको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १३:४५

१७ चैत, काठमाडौं । सरकारले महंगा सवारी साधनको आयातमा रोक लगाएको छ । सरकारको यो निर्णयलाई अटो मोबाइल्स व्यवसायीले स्वागत गरेका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिका गाडी आयातमा रोक लगाएको हो । यो सँगै ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन ।

सरकारले विलासी विस्तुको आयात रोक्ने नीति यसअघिदेखि लिँदै आएको थियो । अनावश्यक आयात नियन्त्रणमा कुरा गरे पनि सरकारले कुनै ‘बोल्ड’ निर्णय लिन नसकिरहेका बेला कोरोनाले अर्थतन्त्रमा उत्पन्न जोखिमका कारण महंगा गाडीको आयात रोक्नुपर्ने अवस्था सिर्जना भएको हो ।

देश संकटको अवस्था रहेकाले सरकारले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरेकाले यसलाई सकारात्मक रुपमा लिइएको नाडा अटोमोइल्स एसोशसियन अफ नेपालमा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल विदेशी विनियम सञ्चितिलाई पर्याप्त राख्न गरिएको निर्णयलाई अहिलेको विषम परिस्थितिमा नकारात्मक भन्न नसकिने बताउँछन् ।
‘आगामी बजेटसम्मको अवस्था सहज छैन, विदेशमा गाडी उत्पादन गर्ने प्लान्टहरु पनि बन्द छन् । विक्री पनि घटेको छ,’ उनले भने,’त्यसैले संकट टार्न लिइएको निर्णयलाई सही मानेका छौं ।’

उनले आगामी बजेटले प्रतिवन्ध खुला गर्ने अपेक्षा रहेको भन्दै अत्यावश्यकीय वस्तु तथा सेवा खरिदका लागि विदेशी विनमय सञ्चितिमा सरकारको ध्यान पुग्नु जायज भएको उल्लेख गरे ।

नाडाका अनुसार यो निर्णयबाट केही महंगा गाडी बेच्ने कम्पनी प्रत्यक्ष मारमा पर्नेछन् । मुख्य रुपमा टोयोटा लगायतका ठूला गाडी विक्री गर्ने ब्रान्डलाई यो निर्णयले समस्यामा पार्नेछ । नेपाली बजारमा पकड जमाएका अन्य कम्पनीहरुले पनि १ करोडसम्मका एसयूभी विक्री गरिरहेकाले धेरौजसो व्यवसायीलाई यो निर्णयले प्रभावित गर्ने अवस्था छ ।
अध्यक्ष दुलालका अनुसार ६० लाखभन्दा महंगा गाडीको बजारमा नेपाल भित्रिने चारपांग्रे सवारीको १ प्रतिशत मात्रै हो ।

विदेशी मुद्रा सञ्चितिको लक्ष

कोरोनाको संकटका कारण विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रहेको पर्यटन क्षेत्र समस्यामा परेपछि सरकारले विदेशी विनिमयको सञ्चिति जोगाउन विभिन्न वस्तुको आयातमा नियन्त्रण गर्ने नीति लिएको हो ।

मन्त्रिपरिषद बैठकले मदिरा आयातमा पनि रोक लगाउने निर्णय गरेको छ । नेपालमा वर्षमा करिब ४ अर्ब बराबरको तयारी मदिरा आयात हुन्छ ।

त्यसैगरी विदेशी विनियमको सञ्चिति जोगाउने उद्देश्यले मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

कति छ राष्ट्र बैंकमा सञ्चिति ?

नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १० खर्ब ९६ अर्ब ६८ करोड बराबर छ । गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर

रहेको सञ्चिति कुल ५.६ प्रतिशतले बृद्धि भएको थियो । यो सञ्चितिले ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

फाइल फोटो

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब ०२ अर्ब ४४ करोड रहेकोमा माघ मसान्तमा ९ खर्ब ४७ अर्ब २४ करोड पुगेको छ

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा माघ मसान्तमा १ खर्ब ४९ अर्ब ४४ करोड पुगेको थियो । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?