+
+

भेटेरिनरी एशोसिएसनले भन्यो : कन्ट्याक ट्रेसिङमा सहयोग गर्न तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १३:३८

१७ चैत, काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमितको कन्ट्यास ट्रेसिङमा आफ्नो जनशक्ति प्रयोग गर्न नेपाल नेपाल भेटेरिनरी एशोसिएसनले सरकारलाई आग्रह गरेको छ ।

वर्तमान अवस्थामा कोभिड १९ को सम्भावित संक्रमितको कन्ट्यास ट्रेसिङ पहिलो काम भन्दै पशु चिकित्सकले यसमा सघाउन सक्ने एशोसिएसनले बताएको हो ।

‘एशोसिएसन आवद्ध देशभरका १२ सय पशुचिकित्सकले कन्ट्याक ट्रेसिङमा सघाउन सक्छ सरकारले हाम्रो जनशक्ति प्रयोग गरोस्,’ एशोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठले भने ।

पशु सेवा विभाग अन्तर्गत रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको देशैभरको ल्याब कोरोना परीक्षणको प्राथमिक चरणका लागि उपयोगी रहेको भन्दै प्रयोगमा ल्याउन पनि एशोसिएसनले माग गरेको छ ।

पशुसेवा विभागसंग गुणस्तरीय पीपीई मौज्दातमा रहेको र त्यसलाई तत्काल आवश्यक अस्पतालका चिकित्सकका लागि प्रयोगमा ल्याउन पनि एशोसिएसनले सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?