Comments Add Comment

कोरोना भाइरस : यी भ्रम हुन्

जति तिब्र गतिमा कोरोना भाइरस फैलिइरहेको छ, यसले कुनै देश, कुनै स्थानलाई छोडेको छैन, त्यति नै तिब्र गतिमा गलत .(फेक) तथा अपूरा सूचनाहरु पनि फैलिइरहेका छन् ।

हामीमध्ये धेरैजसो व्यक्तिहरु आफ्नो दिमाग नलगाइ ती सूचनाहरुमा विश्वास गरिरहेका छौं । ती गलत सूचनाहरुले हामीलाई केवल सत्यलाई असत्य तथा असत्यलाई सत्य मान्नका लागि बाध्य पारिरहेका छन् ।

यस्तो कठिन समयमा तपाईं पनि फेक न्यूज अर्थात गलत समाचारको जालोमा फस्न सक्नु हुनेछ । त्यसैले त्यसको जालोमा नफस्नका लागि हामीले तपाईंहरुका लागि कोरोना भाइरसंग जोडिएका तथ्य तथा भ्रमका बारेमा जानकारी दिन गैरहेका छौं ।

भ्रम नम्बर एक

कोरोना भाइरसबाट बच्नका लागि भ्याक्सिन तयार भइसकेको छ ।

वास्तविकता

अहिलेसम्म त्यस्तो कुनै भ्याक्सिन तयार भएको छैन, जसले कोरोना भाइरसलाई जरैदेखि समाप्त परोस् । हो, के कुरालाई नकार्न सकिंदैन भने कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि वैज्ञानिकहरुले दिनरात मेहनत भने गरि नै रहेका छन् । तर, अहिलेसम्म त्यस्तो कुनै भ्याक्सिन तयार भएको छैन, जुन मानिसहरुका लागि पूर्ण रुपले सुरक्ष्ँित तथा कोरोना भाइरससंग लड्नका लागि पूर्ण रुपले सक्षम होस् । किनभने कुनै पनि भ्याक्सिन बन्नका लागि कम्तिमा एक वर्षको समय लाग्ने गर्दछ ।

इम्पेरियर कलेज, लण्डनका वैज्ञानिक तथा प्रोफेर रोबिनको भनाइ के छ भने कुनै पनि भ्याक्सिनले प्रँरम्भिक समायमा भाइरसलाई केवल रोक्नमात्र सक्छ, ताकि बिरामी अझ बढी नफैलियोस् । त्यसपछि मात्र त्यस्तो भ्याक्सिन तयार पारिन्छ, जसले मानिसको शरीरमा भएको भाइरसलाई पूर्ण रुपले समाप्त पार्न सक्ष्ँम होस् ।

भ्रम नम्बर २

कोभिड–१९ बाट बच्नका लागि तातो पानी अथवा नुन पानी निकै नै उपयोग हुन्छ ?

वास्तविकता

तातो पानी अथवा नून पानी पिउनाले कोभिड–१९ को संक्रमणबाट बच्न सकिन्छ भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन । यदि त्यस्तो हुन्थ्यो भने कसैलाई पनि यो भाइरसले आफ्नो चपेटामा नलिनु पर्ने हो अथवा कसैलाई पनि संक्रमित बनाउन सक्दैन थियो । वास्तविकता चाहिं के हो भने यदि तपाईंले हरेक दिन नून–पानी पिइरहनु भएको छ भने उच्च रक्तचापका बिरामीहरुको रक्तचाप बढाएर यसले अफ्ट्यारोमा पार्न सक्छ, ज्यानै समेत जान सक्छ । किनभने जहाँ सोडियमले शरीरमा फ्लडलाई सन्तुलित बनाइ रहन्छ, तर यदि रक्त सञ्चारमा आवश्यकताभन्दा बढी सोडियम भयो भने त्यसले रक्तनलीहरुका पानी अवशोषित गर्न थाल्छ, जसबाट रगतको बहाव बढ्नाले ब्लडप्रेशर निकै बढ्न पुग्छ । अर्कोतिर, नून–पानी पिउनाले तपाईंको घाँटी दुखेको समस्या भने समाधान हुन सक्छ ।

यसको साटो तपाईंले यहाँ उल्लेखित केही उपाय अपनाएर आफ्नो तथा अर्काको जीवन बचाउन सक्नु हुनेछ :

—पटक–पटक साबुन अथवा तातो पानीले हात धुनुहोस् । यसले तपाईं ब्याक्टरियाको सम्पर्कमा आउनबाट बच्न हुनेछ ।

—रुघा–खोकीबाट ग्रस्त व्यक्तिको सम्पर्कमा सकेसम्म जाँदै नजानु होस् ।

—हरेक दिन सफा कपडा लगाउनु पर्छ । किनभने यबाट ब्याक्टेरिया तपाईंको शरीरमा लामो समयसम्म बस्न पाउँदैन ।

भ्रम नम्बर ३

चिनियाँ सामान किन्नाले बिरामी हुने डर छ ?

वास्तविकता

विभिन्न अध्ययनहरुबाट के प्रमाणित भएको छ भने यो नयाँ कोरोना भाइरस सतहमा लामो समयसम्म रहन सक्दैन । जबकि, जुन चिनियाँ सामानलाई तपाईं किन्नका लागि डराइरहनु भएको छ, त्यो थुप्रै दिनदेखि, महिनौंदेखि, हप्तौंदेखि राखिएको हुनाले तपाईंका लागि त्यो किन्नु कुनै पनि प्रकारले हानिकारक हुँदैन । कोभिड–१९ त्यो बेलामात्र हुन्छ, जब तपाईं सिधै संक्रमित व्यक्तिको सम्पर्कमा आउनु हुनेछ । जसका कारण उसले खोक्नाले, हाछयूँ गर्नाले मुखबाट निक्लिएको थुक अथवा सिंगानको थोपा शरीरमा प्रवेश गर्न सक्छ ।

भ्रम नम्बर ४

हरेक प्रकारका मास्कले कोभिड–१९ को संक्रमणबाट बचाउँछ ?

वास्तविकता

बजारमा विभिन्न प्रकारका मास्कहरु उपलब्ध छन्, जो केवल भन्नका लागि मात्र मास्क हुन् । त्यसैले हरेक मास्कले कोभिड–१९ बाट बचाउन सक्दैन । वास्तविकता के छ भने यदि तपार्इंंको मास्क टाइट फिटिङ हुने खालको छैन भने संक्रमित व्यक्तिको मुखबाट निस्कने स–साना थुक अथवा सिंगानका थोपाहरु सोझै तपाईंको मुखमा प्रवेश गरेर तपाईंलाई संक्रमित बनाउन सक्छ अथवा तपाईंले उक्त संक्रमित व्यक्तिलाई छोएर आफ्नो हातले आफ्नै मुख, नाक, आँखा छुनु भयो भने तपाईं पनि संक्रमित हुनु हुनेछ ।

भ्रम नम्बर ५

पत्रिकाहरुलाई छुनाले फैलिन सक्छ कोरोना भाइरस ?

वास्तविकता

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म यो कुराको कुनै पनि प्रमाण फेला परेको छैन । हुन त पत्रिकाहरु थुप्रै हातहरुबाट अघि बढ्दै हाम्रो हातसम्म आइपुग्छन्, तर संक्रमण भन्ने कुरा धेरैवटा कुरामा निर्भर गर्छ । जस्तो भाइरस कति मात्रा पुग्नु, सतहमा कति समयसम्म जीविन रहनु आदि कारण यसका लागि जिम्मेवार हुन्छन् । के कुरा बुझ्नु अनिवार्य छ भने भाइरस पत्रिका अथवा कपडाको सहतमा निकै कम समयसम्म मात्र जीविन रहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment