+
+
Shares

लकडाउनको समयमा जुवा खेल्ने ११ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १५:०३

१७ चैत, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिराभवानी गाउँपालिका सखुबनिया टोलस्थित फूलबारीमा जुवा खेल्दै गरेका स्थानीय २८ वर्षीय धर्मराज पञ्जियार, ३२ वर्षीय सुरेश प्रसाद थारू, ३० वर्षीय विनोद चौधरी, ३० वर्षीय विनय थारु, गोविन्द कुमार थारू, ओझैया थारु, शिव शंकर नुनिया, सूर्य नारायण पञ्जियार, ३२ वर्षीय हरिश्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरो र ३५ वर्षीय विरेन्द्र प्रसाद चौधरी पक्राउ परेका हुन् ।

‘लकडाउनको समयमा ११ जनाको संख्यामा भेला भई जुवातास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट गएको टोलीले उनीहरुलाई आइतबार साँझ नियन्त्रणमा लिएको थियो ।

जुवातास खेलिरहेको स्थानबाट नगद ५७ हजार दुई सय ९० रुपैयाँ समेत बरामद भएको प्रहरी निरीक्षक दीपक चोरवारले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?