१७ चैत, चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् ।
सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका हुन् । अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने भएका हुन् । त्यसरी छुट्न पाउनेहरु यस कारागारमा ३८ जना रहेका छन् ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार एक वर्ष कैद तोकिएकामध्ये कैद किन्नका लागि २६ जनाले जिल्ला अदालत चितवनमा निवेदन दिएका छन् । अन्यले पनि घरपरिवारसँग सल्लाह गरिरहेको उनले जानकारी दिए । दुई सय २५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको कार्यालयमा हाल ७२७ कैदीबन्दी छन् । जसमध्ये ५६ महिला, ६७१ पुरुष र तीन आश्रित बालबालिका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4