+
+

प्रदेश १ मा आइपुग्यो हजार पीपीई, क-कसले कति पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १६:५४

१७ चैत, विराटनगर । चीनबाट ल्याइएको एक हजार स्वास्थ्य सामग्रीमध्ये एकहजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदेश १ सरकारले पाएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् पठाइएको पीपीई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले लिएका छन् ।

मन्त्रालयमार्फत् एक सय ३७ वटा स्थानीय तहमा पीपीई पठाइने उनले बताए । उनकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक सय ५०, कोशी अस्पताललाई एक सय ५०, कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई दुई सय थान र मेची अस्पताललाई ४६ थान दिइनेछ ।

यस्तै, मोरङ जिल्लालाई ३४, सुनसरीलाई २४, धनकुटालाई १४, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्बुलाई १६, उदयपुरलाई १६, खोटाङलाई २०, झापालाई ३०, पाँचथरलाई १६, ताप्लेजुङलाई १८, इलामलाई २०, ओखलढुङ्गालाई २० वटाका दरले स्वास्थ्य कार्यालयमार्फत् वितरण गरिने मन्त्री घिमिरले जानकारी दिए ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सेनिटाइजर, मास्कलगायतका सामग्री गाडीमार्फत् पठाउनेछ र, यो भोलिसम्म प्रदेशमा आइपुग्ने सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?