
१७ चैत, जनकपुरधाम । कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि लगाएपछि जनकपुरधामलगायत मध्य तराईमा चैती छठ पर्व प्रभावित भएको छ ।
लकडाउनका कारण सार्वजनिक पोखरी र जलाशयमा जान नपाएपछि श्रद्वालुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका हुन् । सोमबार चैती छठ पर्व अन्तर्गत् अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मुख्यतः छठ पर्व जलाशय अगाडि मनाइने परम्परा रही आएको छ ।
लकडाउनका कारण बजार बन्द भएपनि जसोतसो सामग्रीको जोहो गरेर चैती छठ आफ्नो आँगनमै मनाइएको श्रद्वालुहरुले बताएका छन् ।
छठ पर्व भएपनि जनकपुरधामका पोखरी सुनसान देखिएको छ । लक डाउनलाई प्रभावकारी बनाउन भन्दै धनुषा प्रहरीले कुनै पनि सार्वजनिक स्थान वा पोखरीहरुमा यो पर्व नमनाउन आग्रह गरेको थियो ।
त्यसैले, पर्व मनाउनेहरुले आफ्नै आँगनमा सूर्यलाई अर्घ दिएर यो पर्व मनाउन बाध्य भएका छन् । राजविराजको कल्टु दास पोखरीमा छठ पर्व मनाउन श्रद्वालुले तयारी गरेपनि प्रहरीले मनाउन दिएनन् ।
प्रतिक्रिया 4