+

मेसी बार्सिलोनाका चे ग्वेभारा !

२०७६ चैत  १८ गते ११:३७ २०७६ चैत १८ गते ११:३७
मेसी बार्सिलोनाका चे ग्वेभारा !

१८ चैत, काठमाडौं । चे ग्वेभारा र लिओनल मेसीबीच एउटा समानता छ त्यो हो दुवै अर्जेन्टिनी हुन् । तर क्षेत्र फरक । चे एक क्रान्तिकारी योद्धा थिए । मेसी मैदानमा फुटबल खेल्ने योद्धा हुन् ।

वर्तमान विश्व फुटबलमा तरङ्ग ल्याउने काम मेसीले गरिरहेका छन् कुनै बेला चे ग्वेभाराले क्रान्तिमार्फत विश्वमा तरङ्ग ल्याएका थिए । चे क्युबाली क्नान्तिका मुख्य व्यक्ति थिए ।

यो सन्दर्भ किन भन्दा एक फ्रान्सेली पत्रिकाले अहिलेका चर्चित पात्र मेसीलाई तिनै चे ग्वेभारासँग तुलना गरेका छन् ।

फ्रान्सको ला इक्युप पत्रिकाले मेसीलाई बार्सिलोनाको चे ग्वेभारा भनेको हो ।

अहिले सारा विश्व फुटबल खेलकुद कोरोना भाइरस महामारीले गर्दा प्रभावित छ । बार्सिलोनाका कप्तानसमेत रहेका मेसीले हालै बोल्ड डिसिजन सार्वजनिक गरेपछि उनलाई उक्त पत्रिकाले चे संग तुलना गरेको हो ।

मेसीले कोरोना भाइरसका कारण क्लबलाई आर्थिक संकट पर्ने भन्द सबै खेलाडीले ७० प्रतिशत तलब नलिने निर्णय सार्वजनिक गरेका थिए । तलब त्याग्ने निर्णयले अहिले विश्वभर तरंग ल्याएको छ ।

त्यही भएर फ्रान्सेली पत्रिकाले मंगलवारको फ्रन्टपेजमा चे कै अवतारमा मेसीको आवरण तस्वीर राखेको छ । साथै उक्त हेडलाइनमा भनिएको छ, ‘लियोनल मेस्सी, दी चे अफ बार्सा ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय