
१८ चैत, काठमाडौं । जापानले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको छ ।
विश्वभर कोरोना भाइरसको महामारी बढ्दै गएपछि उसले आफ्नो सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।
जापानले आफ्नो मुलुकमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरियासहित अधिकांश यूरोपेली मुलुकबाट आउने गैर–जापानी नागरिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ भने आफ्ना नागरिकहरुलाई विभिन्न ७३ मुलुकको भ्रमण रद्द गर्न आग्रह गरेको छ ।
सरकारले बाहिरबाट आउने जापानी नागरिकलाई भने मुलुकमा १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बीबीसीले जनाएको छ । अहिलेसम्म जापानमा कोरोना भाइरसबाट १ हजार ९५३ जना संक्रमित भएका छन् भने ५६ जनाको ज्यान गइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4