Comments Add Comment

पसलमा किनमेल गर्दा कोरोनाको जोखिम रहन्छ ?

कोरोना भाइरसबाट बच्ने सरल र उपयोगी काइदा हो, घरभित्रै बस्नु । अर्थात भिडभाडमा र अन्य व्यक्तिको सम्पर्कबाट अलग रहनु । अहिले सबैले यही रक्षात्मक विधी अपनाइरहेका छन् र घरभित्र बसेका छन् । तर, के हामी पूर्णत सुरक्षित छौं ? हामी खतराको चौघेराभन्दा बाहिर छौं ?

यो प्रश्न किनपनि उठ्छ भने कोरोना भाइरस व्यक्ति–व्यक्तिबाट मात्र होइन, बस्तुको माध्यामबाट पनि फैलन सक्ने चिकित्सकहरुको भनाइ छ । जस्तो संक्रमित व्यक्तिले प्रयोग गरेका वा छोएको बस्तुबाट कोरोना भाइरस अर्को व्यक्तिकहाँ पुग्न सक्छ । यस्तो अवस्थामा हामीले पसलबाट किनमेल गरेर ल्याउने सागसब्जी, मरमसला, अन्नपानी, फलफूलबाट कोरोना भाइरस हामीसम्म आइपुग्दैन ?

संक्रमित व्यक्तिले पसलमा पुगेर किनेमल गरेका छन् भने त्यहाँबाट अरु सबैजसो ग्राहकलाई संक्रमण हुने खतरा रहन्छ, जो उक्त पसलमा किनमेल गर्न पुग्छन् । एउटा व्यक्तिले छोएको वस्तुबाट अरु बस्तु र व्यक्तिमा कोरोना भाइरस तिब्र रुपमा फैलने जोखिम रहन्छ । के त्यसो भए किनमेल नगर्नु नै उचित उपाय हो ? पसलमा नजानु वा कुनै सामाग्री खरिद नगर्नु नै अन्तिम विकल्प हो ?

पक्कै होइन । सुरक्षित ढंगले किनमेल गर्न सकिन्छ र आफ्नो दैनिक आवश्यक्ता टार्न सकिन्छ । त्यसो भए के हो त सुरक्षित तरिका ?

बिसिसी हिन्दीको अनलाइन संस्करणमा एउटा आलेख प्रकाशित छ, जसले यही प्रश्नहरुको उत्तर खोजेको छ ।

के तपाईंलाई त्यो समय याद छ जुन समय तपाईं बिना रोकटोक र प्रतिबन्ध पसलमा पुग्नुहुन्थ्यो । किनमेल गर्नुहुन्थ्यो । हातमा ट्रली वा झोला बोकेर पसल चाहर्दै आवश्यक सामाग्री बटुल्नुहुन्थ्यो । र, घर ल्याउनुहुन्थ्यो ।

तर जसै कोरोना भाइरसको महामारी फैलियो, तब सबैतिर बन्द छ । विश्वकै मुलुकहरु लकडाउनको अवस्थामा छ । कतिपय देशमा कफ्र्यु लगाइएको छ । यस्तो अवस्थामा मान्छेहरु तब मात्र घरबाट बाहिर निस्कन पाउँछन्, जब जरुरी काम हुनेछ । अनावश्यक काम भएमा वा त्यसै टहल्नका लागि घरबाट बाहिर निस्कन मनाही छ ।

यद्यपि खानेकुरा त चाहियो । त्यसैले अत्यावश्यक र दैनिक उपभोग्य वस्तुका पसल खुला छ ।

यस्तो अवस्थामा किनमेल गर्न कति सुरक्षित होला । पसलका सामाग्रीहरुसँग तपार्इं हाम्रो घरसम्म कोरोना भाइरस प्रवेश गर्नेछैन ? त्यसो भए किनमेलको सुरक्षित विधी के होला ? यदि तपाईं अहिलेको अवस्थामा सामाग्री अर्डर गर्दै हुनुहुन्छ भने कुन कुराको ख्याल राख्नुपर्छ ?

पसलमा खतरा के छ ?

कोरोना भाइरस तब फैलन्छ, जबस कोही संक्रमित व्यक्तिको सम्पर्कमा पुग्छन् । जब कोही संक्रमित व्यक्तिले खोक्छ वा हाँछ्यु गर्छ, तब भाइरस हावामा फैलन्छ । उक्त हावामा सास लिने दोस्रो व्यक्तिमा कोरोना भाइरस प्रवेश गर्ने संभावना रहन्छ । यो खतरा संक्रमित सतहको सम्पर्कमा आउँदा समेत हुनसक्छ ।

यस्तो अवस्थामा किनमेलको लागि जाँदा वा दोस्रो व्यक्तिसँग घुलमिल हुँदा संक्रमित हुने खतरा बढ्छ ।

त्यही कारण त अहिले सबैजसो देशले सामाजिक दुरीको कुरा गरिरहेका छन् । मानिसहरुलाई भनिएको छ कि उनीहरु एक अर्काबाट कम्तीमा दुई मिटर अर्थात ६ फिटको दुरीमा रहनुपर्छ । स्वास्थ्य अधिकारीहरुले पनि यही कुरा सुझाएका छन् । अहिले धेरैजसो पसलले समेत उक्त नियमलाई पालना गरिरहेका छन् ।

यदि कोरोना भाइरसको संक्रमण र त्यसको लक्षणको बारेमा पढ्ने हो भने यो स्पष्ट हुन्छ कि सुपरमार्केट यस भाइरसको प्रसारका लागि अनुकुल ठाउँ हुनसक्छ ।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्रोफेसर सैली ब्लुमफील्डका अनुसार जब मान्छेहरु पसलमा जान्छन्, केही न केही सामान उठाए हेर्छन् । चलाउँछन् । फेरी त्यहीँ छाड्छन् । उनीहरुले एउटा सामाग्री उठाएर अर्को ठाउँमा राख्छन् । मान्छेहरुले बिल जाँच गर्छन् । पैसा लेनदेन गर्छन् । कार पार्क गर्छन् । एटिएम प्रयोग गर्छन् । यसरी एउटा मात्र संक्रमित व्यक्ति त्यहाँ पुगेका छन् भने उनको माध्यामबाट अरु थुप्रैमा यसको संक्रमण  फैलने भय हुन्छ ।

उक्त पसलमा पुग्ने अरु सबै चाडै नै संक्रमित हुने जोखिममा पर्छन् । त्यसो भए के पसलमा किनमेल नै नगर्ने ?

–आफ्नो हात कम्तीमा २० सेकेन्डसम्म  साबुन पानीले धुनुपर्छ । तपाईंसँग उपलब्ध भएमा अल्कोहलयुक्त सेनिटाइजर प्रयोग गर्न सक्नुहुन्छ । तर, यो काम सामान किनमेल गर्नु अघि र किनमेल पछि पनि गर्नुपर्नेछ ।

–पसलको कुनैपनि सामान र स्थान सुरक्षित नहुन सक्छ । यदि तपाईं पसलको कुनैपनि सामाग्री छुनुहुन्छ भने सफा नगरी हात मुख वा अनुहारमा नपु¥याउनुहोस् ।

–संभव भएसम्म डिजिटल पेमेन्ट गरौं । कार्ड र पैसा लेनदेन गर्नु त्यती सुरक्षित हुन्न ।

के खानेकुराबाट पनि फैलन सक्छ ?

अहिलेसम्म त्यस्तो कुनै घटना देखिएको छैन कि खानेकुराबाट पनि कोरोना भाइरस फैलिएको होस् । साथै खाना पकाउने क्रममा पनि यस्तो जोखिम देखिएको छैन ।

युके फुड स्ट्यान्र्डड एजेन्सी वेबसाइटका अनुसार घरमै खाना पकाएर खानु सुरक्षित विधी हो । रेष्टुरेन्टको खाना अर्डर गराएर खानु त्यती सुरक्षित नहुन सक्छ ।

प्रोफेसर ब्लुमफील्डका अनुसार यतिबेला कुनैपनि यस्तो गतिबिधि छैन कि जसलाई पूर्णत सुरक्षित मानिन्छ । त्यसैले बजारबाट ल्याएको तयारी खाना सेवन गर्नुअघि कम्तीमा ७२ घण्टासम्म स्टोर गरेर मात्र त्यसलाई प्रयोग गर्नुपर्छ ।

बजारबाट खरिद गरेर ल्याइएको सागसब्जी वा फलफूल राम्ररी धोएर पानी तैरनु दिनुपर्छ । पानी तैरिएपछि त्यसलाई सुरक्षित ढंगले राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment