+
+
Shares

जमैकामा समुद्री आँधीले निम्त्यायो विनास, विवरण आउनै बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ८:४२

१३ कात्तिक, काठमाडौं । जमैकाको इतिहासमा सबैभन्दा शक्तिशाली समुद्री आँधी ‘मेलिसा’ ले क्यारेबियन द्वीपमा भीषण विनास निम्त्याएको छ ।

तीव्र गतिको हावा र भारी वर्षाले घरहरूसँगै आधारभूत संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

भारी वर्षापछि आएको बाढीले कयौं मानिसहरूको मृत्यु भएको बीबीसीले जनाएको छ । कति जनाको मृत्यु भएको हो भन्ने पूर्ण विवरणा भने आइसकेको छैन ।

जमैकामा यसका असर सबभन्दा बढी बुधबार देखिएको बताइएको छ । समुद्री आँधी ‘मेलिसा’बाट हाइटीमा पनि बाढी जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ ।

जमैकामा कयौं मानिसहरू अहिले पनि घरको छतमा फसेका छन् भने विद्यतु आपूर्ति ठप्प भएको छ ।

प्रधानमन्त्री एन्ड्रयु होलनेसले पूरे देशमा ‘पूर्ण ध्वंश’ को स्थिति रहेको बताएका छन् । आँधीपछि अधिकांश भागमा अँध्यारो छाएको र फोन सेवा ठप्प भएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?