+
+

जब मानसिक रोगीले प्रहरीलाई चक्कु हाने… 

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १३:४७

१९ चैत, भक्तपुर । भक्तपुरको सूर्यविनायकमा कखटिएका एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् ।

रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए । त्यसक्रममा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु हानेका हुन् ।

दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?