Comments Add Comment

रुसमा क्वारेन्टाइन उल्लंघन गर्नेलाई सात वर्ष जेल

१८ चैत, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि लगाइएको क्वारेन्टाइनको नियम गम्भीर उल्लंघन गर्नेलाई सात वर्षसम्मको जेल सजाय हुने भएको छ । रुसको संसद्ले मंगलबार यो विधेयक पारित गरेको बीबीसीले बताएको छ ।

पछिल्लो समय रुसमा उल्लेख्य संख्यामा कोरोना भाइरसका बिरामी बढन थालेसँगै  सरकारले क्वारेन्टाइनको नियम पनि कडा बनाउँदै लगेको हो । रुसमा मंगलबार मात्र पाँच सय एक जना नयाँ संक्रमित फेला परेका थिए । मंगलबार रुसमा एकदिनमा अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका हुन् ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको प्रकोप अहिले विश्वभर फैलिएको छ । रुसमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई हजार तीन ३७ पुगिसकेको छ । जसमा १७ जना मानिसले ज्यान गुमाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो भाइरसविरुद्ध एक भएर लड्न सबैसँग आग्रह गरेका छन् । अहिले ल्याइएको नयाँ नियमअनुसार स्वस्थ व्यक्तिले घरमै बस्ने निर्देशन अवज्ञा गरेमात्र पनि ठूलो जरिवाना लाग्नेछ । साथै यो महामारीको विषयमा गलत सूचना फैलाउनेलाई पाँच वर्षसम्मको सजाय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment