Comments Add Comment

खेलाडी नभएको भए विदेश जान्थेँ : कराँते खेलाडी रसाइली

१९ चैत, काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारको आग्रहमा नेपालीहरु घरभित्रै बसिरहेका छन् ।

अस्पताल जान र उपभोग्य सामान किन्नबाहेक घरबाहिर ननिस्कन सरकारले गरेको आग्रहको पालना सर्वसाधारणले गरिरहेका छन् । धेरै दिनसम्म घरबाहिर ननिस्किई बसिरहनु धेरै नेपालीका लागि नयाँ अनुभव हो ।

अझ खेल खेल्न देश विदेश गइरहने, दैनिक अभ्यासका लागि रंगशाला र कभर्ड हल गइरहने खेलाडीका लागि लकडाउनको समय गुजार्न त्यति सजिलो छैन सायद । लकडानका बेला घरमै क्वारेन्टाइनमा बसिरहेका खेलाडीहरुले के गरिरहेका होलान् ? कराते खेलाडी नवीन रसाइँलीसंग गरिएको कुराकानी:

लकडाउनमा के गरिरहनुभएको छ?

लकडाउनमा घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने, समाचार पढ्ने अनि खेलका भिडियोहरु हेरेर बस्ने ।

कोरोनाबाट बच्न के के गरिरहनुभएको छ ?

नियमित साबुन पानीले हात धोइरहेको छु । सरसफाइमा ध्यान दिएको छु अनि अनी घरबाहिर निस्किएको छैन ।

खेल्न नपाउँदा कस्तो अनुभव भएको छ ?

नरमाइलो लागेको छ । त्यही भएर घरमै आफैँ अभ्यास गरिरहेको छु ।

धेरै फुर्सद हुँदा कस्तो हुँदो रहेछ ?

धेरै फुर्सद हुँदा पनि एकदमै गाह्रो हुने । ट्रेनिङ गरिरहने भएर होला फुर्सद हुँदा पनि दिन बिताउन गाह्रो हुँदो रहेछ ।

घरबाट बाहिर निस्कन नपाउँदा कस्तो अनुभव भएको छ ?

घरमै बसिरहनु पर्दा धेरै गाह्रो भइरहेको छ । जेलमै बसेको जस्तो हुने रहेछ । कतै जान नपाउने, भित्रको भित्रै साह्रै गाह्रो छ ।

अहिले कुन सवारी साधान चढ्नुहुन्छ ?

साधन चढ्दिन । झन् अहिले बन्द बेला छ । कहाँ जानु र !

मन पर्ने नेपाली खेलाडी ?

सुनील लामा ।

मन पर्ने विदेशी खेलाडी ?

रफायल अघायभ ।

कुन मोबाइल चलाइरहनुभएको छ ?

रेडमी ए ३ ।

आफ्नो विधाबाहेक कुन खेल र खेलाडी मन पर्छ  ?

स्नुकर मन पर्छ । रोनी ओ सुलिभन मन पर्ने खेलाडी ।

कुन भिडियो गेम खेल्नुहुन्छ ?

होमस्केप भन्ने गेम खेल्छु ।

टिमको सबैभन्दा नजिकको खेलाडी को हो ?

राजीव पुडासैनी, विजय श्रेष्ठ र एन्जिला धिमाल ।

मन पर्ने गायक ?

यम बुद्ध ।

मन पर्ने फिल्म ?

फिर हेरा फेरी ।

मन पर्ने नायक ?

अक्षयकुमार ।

मन पर्ने गीत ?

तुझे कित्ना चाहने लगे कविर सिंह ।

खेलाडी नभएको भए के बन्नुहुन्थ्यो ?

खेलाडी नभएको भए म आज विदेशमा हुन्थे होला ।

अहिलेसम्मको सम्झन लायक क्षण ?

१३ औं सागमा स्वर्ण पदक जितेको क्षण ।

सबै भन्दा मिल्ने खेलाडी ?

दिवस श्रेष्ठ दाई र लक्ष्मण दाइ ।

कोही खेलाडीसंग खेल्न मन लागेको तर नपाएको ?

सुनील लामा दाइसंग खेल्न मन थियो तर पाइनँ ।

जान्नुपर्ने तर नजानेको कुरा ?

ड्राइभिङ

तत्काले सिक्न मन लागेको कुरा ?

ड्राइभिङ नै हो सिक्नुपर्ने ।

तपाईंलाई किन्न मन लागेको वा चढ्न मन लागेको सवारी साधन ?

बुलेट बाइक ।

तपाईंसंग भएको कुनै महंगो सामान ?

१३ औं सागमा जितेको गोल्ड मेडल सबैभन्दा महँगो सामान हो ।

अहिलेसम्म पाउनुभएको महंगो गिफ्ट को बाट पाएको ?

परिवारको माया र गुरुको ट्रेनिङ नै मैले पाएको सबैभन्दा महंगो गिफ्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment