Comments Add Comment

वीरमा मृत्यु भएका धादिङका युवकमा कोरोना संक्रमण भेटिएन

१९ चैत, काठमाडौं । भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका-६ भोर्ले आइपुगेका थिए । त्यहाँबाट उद्दार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरु सबैलाई जिल्ला स्वास्थ्य चौकीमा लगेर चेकजाँच समेत गरिएको थियो । त्यसक्रममा मग्रातीको खुट्टा भाँच्चिएको र टाउको तथा अनुहारमा चोट लागेको पाएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ तामाङले बताए ।

उनलाई बुधबार विहान ज्वरो आएको थियो । उपचारकै क्रममा मृत्यु भएको छ । उनको कोरोना परीक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट आउन भने बाँकी छ ।

यस्तै, वीर अस्पतालमा नै उपचार गराइरहेका गोरखाका एक युवकको पनि मृत्युभएको छ । मिर्गौला खराब भएका कारण नियमित डायलासिस गराइरहेका उनमा ज्वरो आएका कारण कोरोना संक्रमण परीक्षणका लागि नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

तर, रिपोर्ट नआएको वीर अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment